Logo

२४ बैशाख २०८१, सोमबार

कुमाख गाउँपालिकामा अझै गाउँसभा हुन सकेन : गाउँपालिका अध्यक्ष र उपाध्यक्ष द्वारा प्रेेस विज्ञप्ति जारी


खबर ग्यालरी


सल्यान, ३ साउन ।

सल्यानको कुमाख गाउँपालिकाले निर्धारित समय भित्र आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउन सकेको छैन।

सल्यानको कुमाख गाउँपालिकामा माओवादीबाट प्रतिनिधित्व गर्ने १० जना कार्यपालिका सदस्यले विभिन्न बैठकमा देखाएको समस्याका कारण निर्धारित समय भित्र नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकी र उपाध्यक्ष लाल बहादुर रावतले संयुक्त रुपमा हस्ताक्षर गरि प्रेस विज्ञप्ति निकाल्नु भएको हो।

बुहमतको दम्भका कारण गाउँपालिकालाई अनिर्णयको बन्दी बनाइएको भन्दै कुमाखको विकास निर्माण र प्रशासनिक कार्यमा परेको असरको जिम्मा पनि माओवादीबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यले लिनुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

यता नेकपा माओवादीले भने गाउँपालिकाले झुटको खेति गरिरहेकाले यसको खण्डन पनि विज्ञप्ति मार्फत नै गर्ने जनाएको छ। नेकपा माओवादी केन्द्रका कुमाख गाउँपालिका अध्यक्ष डिल्लीराज जैसीले कार्यपालिकामा सहमति नगरेर बजेट सुनिश्चितता भएका कार्यक्रम पनि गर्न नसक्नु गाउँ सरकार नेतृत्वको कमजोरी भएको बताउनुभयो। 

यस्तो छ कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकी र उपाध्यक्ष लाल बहादुर रावतले संयुक्त रुपमा हस्ताक्षर गरि निकालेको प्रेस विज्ञप्ति:


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार १०:२९

प्रतिक्रिया दिनुहोस्