Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानमा आजबाट गाईजात्रा सुरु


खबर ग्यालरी


भदौ १४, सल्यान ।
सल्यानमा आजदेखी गाईजात्रा सुरु भएको छ। सल्यानको सदरमुकाम खलंगा र श्रीनगर बजारमा आज नेवार समुदायले जात्रा निकालेर गाईजात्रा मनाएका हुन्।

जिल्लामा विषेश गरी नेवार समुदायमा प्रचलित यो गाईजात्रा पर्व मृत आत्माको चिरशान्तिको कामना गर्दै धुमधामका साथ मनाउने गरिन्छ।

सल्यानको गाईजात्रामा बैरागीलाई विशेष किसिमको सिगांरपट्यार गरि मृत मानिसको फोटो गाईजात्रामा टासेर सल्यानको खलंगा बजार र श्रीनगर बजारका विभिन्न घरहरुमा परिक्रमा गराइन्छ। सल्यानको गाईजात्रामा डोको भित्र एक जना मान्छेलाई राखेर उक्त मान्छे चारैतिर नाच्दै गर्दा संगै चारजना बैरागीहरु पनि मादल अनि मुरलीको तालमा नाच्ने चलन छ। साथै गाईको फोटो टासेर एक जना बालकलाई बाच्छि बनाउने चलन पनि छ।

यो पर्वको मुख्य बिशेषता अनि आकर्षण भनेको ठूलाठूला मादल अनि मादलको तालमा नाचिने नाच र चिटिक्क सिगांरीएका बैरागी हुन । ”ताउताउ खंताउ खतनीकि धाउ घिनताउ नघदाउ हुइ हुइ, दे दे माता खान दे रक्सीको – (मदिराको) बोतल हुइ हुइ ।” यो गीत सल्यानको गाईजात्रामा मादलको तालमा गाइने विशेष गीत मानिन्छ।

गाईजात्रा पर्व हेर्न हजारौंको संख्यामा मान्छेहरुको सदरमुकाम खलंगामा र श्रीनगरमा भिड लाग्ने गर्दछ। जिल्लामा परापुर्वकाल देखि एउटा संस्कार र संस्कृति संग जोडिएको गाईजात्रा पर्व दुईदिन सम्म हर्ष उल्लासका साथ मनाउने गरिन्छ।

गाईजात्रालाई शान्त र मर्यादित बनाउन विशेष सुरक्षा सतर्कता अपनाई बाख्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

हेर्नुहोस् सल्यानको गाईजात्राका तस्बिरहरु :

तस्बिरहरु : बुद्धि पुन/ निउटन श्रेष्ठ


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार १९:५०

प्रतिक्रिया दिनुहोस्