Logo

२५ बैशाख २०८१, मंगलवार

कुमाख गाउँपालिकाको गाउँसभाको १४औं अधिवेशन सम्पन्न


खबर ग्यालरी


भदौ २३, सल्यान ।

सल्यानको कुमाख गाउँपालिकाको १४औं गाउँ सभा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । कुमाख गाउँपालिकाको आ.व.२०८०/०८१ को कुल बजेट रु. ५८ करोड २४ लाख ७१ हजार ८ सय अन्ठानब्बे रुपैया उनान्सत्तरी पैसाको बजेट शुक्रबार सार्बजनिक गरिएको हो ।

गाउँसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विचमा विवाद उत्पन्न हुदा कुमाखमा नीति कार्यक्रम र बजेट समयमा हुन सकेको थिएन। असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान भएपनि करिव तीन महिना पछि गाउँपालिकाले बजेट ल्याएको हो।  

कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको गाउँसभा कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय उप-प्रमुख असविर बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उपाध्यक्ष लाल बहादुर रावत, निवर्तमान गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, गाउँसभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरु, संचारकर्मी, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आ.व.२०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विधेयक, विनियोजन विधेयक र बार्षिक बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावतले प्रस्तुत गर्नुभएको थियो । यस्तै, गाउँ सभा अधिवेशनको कार्यक्रम संचालन योजना अधिकृत मान बहादुर बुढाथोकीले गर्नुभएको थियो ।  


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार ११:४६

प्रतिक्रिया दिनुहोस्