Logo

२५ बैशाख २०८१, मंगलवार

तत्काल एमालेसँग एकताको सम्भावना छैन : घनश्याम भुसाल


खबर ग्यालरी


सल्यान, २९ भदौँ ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले, पार्टी नभएर केपी ओेलीको गुटमात्र भएको टिप्पणी गनुभएको छ । समाजवादी प्रेस संगठन नेपाल, सल्यानले शुक्रवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘बामपन्थि कम्युष्टि पार्टी एक हुनुको साटो केपी ओलीकै कारण एमाले फुटेको हो, हामीले विचार र सिद्धान्त मिल्ने कम्युनिष्ट पार्टीका विचमा एकताको कुरा गरिरहेका छौँ, तर केपी ओलीकै कारण तत्काल एमालेसँग एकताको सम्भावना छैन्’ उहाँले भन्नुभयो ।

उहाँले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको दावी समेत गर्नुभयो । ‘लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी हो, देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक छ, त्यो पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी हो’ उहाँले भन्नुभयो ।

भुसालले आफ्नो पार्टी महाधिबेशन केन्द्रित भएको र महाधिबेशनबाट पार्टी राजनितिक र सांगठिक रुपमा बलियो बन्ने बताउनुभयो । ‘पछिल्लो राजनितिक सन्नटाको बारेमा हामीले देशभर पार्टीका नेताकार्यकर्ता र आमनागरिकलाई जानकारी दिने तयारी गरेका छौँ’ उहाँले भन्नुभयो । महासचिव भुसालले समाजवादी मोर्चाले सरकार टिकाउन मात्रै ध्यान नदिएर जनताका मुद्धामा केन्द्रित भएर काम गर्ने समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, केन्द्रिय सदस्य लक्षमण के.सी. , जिल्ला अध्यक्ष हरि के.सी. लगाएतको सहभागिता रहेको थियो । संगठनका जिल्ला अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण उपाध्यक्ष बामदेव के.सी. ले गर्नुभएको थियो ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार २०:३१

प्रतिक्रिया दिनुहोस्