Logo

२५ बैशाख २०८१, मंगलवार

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित


खबर ग्यालरी


असोज १५, सल्यान ।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्ष पदमा सल्यानका गुलाबजंग शाह निर्वाचित हुनुभएको छ ।

जम्मा खसेको ६०९ मत मध्ये शाहले ३६९ मत ल्याएर विजयी हुनुभएको हो भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले २०७ मत प्राप्त गर्नुभयो । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले २४२ मत प्राप्त गरेर विजयी हुनुभयो भने उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले १७६ मत र दानसिंह परियारले ५९ मत मात्र प्राप्त गर्नुभयो ।

त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ४०६ मत प्राप्त गरेर विजयी हुनुभयो भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपसचिव पदमा रवीन्द्रराज शर्माले ३०० मत र रमेश कुमार शाहीले २६६ मत प्राप्त गर्नुभयो।

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन निर्धारित तालिकानुसार अघि बढ्न सकेको थिएन । शनिबार हुने भनिएको मतदान आइतबार मात्र भएको थियो भने आज सोमबार मात्रै मत परिणाम सार्वजनिक भएको हो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार २१:२२

प्रतिक्रिया दिनुहोस्