Logo

२४ बैशाख २०८१, सोमबार

सल्यानको दार्मा गाउँपालिकाको ढाकाडाममा स्वयंसेवक परिचालन अभियान उद्घाटन


खबर ग्यालरी


सल्यान, १७ मंसिर । 
सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडाम कोटमा भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन गरिएको छ ।

हिजो शनिबार एक कार्यक्रम बिच सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियानको उद्घाटन गर्नुभएको थियो।

संन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवाको रुपमा लिनुुपर्ने बताउनु भएको छ । स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सरकार, पार्टी र जनता सबैले पुनर्निर्माणलाई जनताको सेवा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो।

कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले तिनै तहको सरकार र नेताको सहभागितामा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माण गरिने बताउनुभयो।

सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतले श्रम गर्नुभएको थियो।

भूकम्पबाट सल्यानको दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ। ११७९ वटा घरहरु पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १०८१ घरमा आंशिक क्षति भएको छ। गाउँपालिका भित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ। ११७९ घरधुरीका ६३१८ जनसंख्या बिस्थापित भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार ०९:२६

प्रतिक्रिया दिनुहोस्