Logo

२५ बैशाख २०८१, मंगलवार

कुमाख गाउँपालिकाको जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन


खबर ग्यालरी


पौष २, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाको जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन हुनुभएको छ ।
करिब दुई दशकदेखि सल्यानमा पत्रकारिता गर्दै आउनुभएका रावत जनता मावि रागेचौरको अध्यक्षमा चयन हुनुभएको हो ।

शुक्रबार भएको अविभावक भेलाले चुनेका ४ जना सदस्यले आइतबार स्थानीय बुद्धिजीवी तथा समाजसेवी भनेर रावतलाई मनोनित गरेका थिए । जेष्ठ सदस्य मेघ बहादुर शाहको अध्यक्षतामा बसेको पहिलो बैठकले सोमबार उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

वडाध्यक्ष केवल राना तथा सहायक प्रधानाध्यापक भिम वलीको उपस्थितिमा भएको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । ९ महिनादेखि रिक्त भएको विद्यालय व्यवस्थापन समितिमा सहमतिको माध्यामबाट समिति चयन भएको हो । समितिका अन्य सदस्यमा पहलनाथ योगी, लक्ष्मी बुढाथोकी, जानकी राना, मनिषा राना रहनु भएको छ ।

कुमाखको अग्रणी विद्यालय जनता मावि गत बर्ष चैत ४ गते देखि व्यवस्थापन समिति विहिन बनेको थियो । जेठ १२ गते पहिलो अविभावक भेलाबाट प्रकृया थालेपनि पूरा हुन नसकेपछि व्यवस्थापन समितिमा स्थानीयवासी तथा अविभावकले सहमतीमा नेतृत्व चयन गरेका हुन । 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार २०:५४

प्रतिक्रिया दिनुहोस्