Logo

२४ बैशाख २०८१, सोमबार

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको प्रशासनिक भवन उद्घाटन 


खबर ग्यालरी


माघ ३, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । 

आज बुधबार एक कार्यक्रमका बिच बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्नुभएको हो । 
यो भवन निर्माणका लागि २०७७ साल असार २२ गते तत्कालिन नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मन्जु यरिले शिलान्यास गर्नुभएको थियो । 

२०७४ सालको स्थानीय तहको निर्वाचनपछि देवस्थलमा रहेको तत्कालीन गाविसको भवनलाई मर्मत गर्दै र भाडामा प्रशासनिक कामहरु गरिएकोमा भवनको उद्घाटन भएसँगै अब नयाँ भवनबाट सेवा दिइने भएको हो । 

बनगाड कुपिण्डे नगरपालिकाको आफ्नै स्रोत बाट रु ७ करोड २२ लाख, लागत स्टमेट अनुसार भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८ सय ४७ रुपैयामा ठेक्का सम्झौता गरि काम सुरु गरेको थियो ।

भवन उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लामो समय सम्म साघुरो ठाउँबाट सेवा दिदै आएको नगरपालिकाले अब नयाँ प्रशासकीय भवनबाट दिइने र सेवाग्राहीलाई सहज हुने नगरप्रमखु कर्ण बहादुर बुढाथोकीले बताउनुभयो। उहाँले वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण देखि नगरका गौरवका योजनाहरु समेत संचालनमा ल्याएको बताउदै शिक्षा, स्वास्थ्य कृषि, पशु जस्ता विभिन्न कार्यक्रमलाई प्राथामिकता दिएर काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका निर्वतमान नगर प्रमुख गोविन्द पुन, नगर उप-प्रमुख पुरुषोत्तम आचार्य, निवर्तमान उप प्रमुख मन्जु यरी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती लगाएतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाको प्रशासकीय भवन तथा संरचना निर्माणको लागि जग्गा दान गर्ने जग्गा दाताहरुलाई सम्मान समेत गरिएको थियो । 

भवन उद्धघाटन कार्यक्रममा बिभिन्न पार्टीका प्रमखु तथा प्रतिनिधि, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजिवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार २२:२३

प्रतिक्रिया दिनुहोस्