Logo

२४ बैशाख २०८१, सोमबार

वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्न पुस्तक बेच्दै हिडिरहेको छु : डा. महावीर पुन


खबर ग्यालरी


माघ ६, सल्यान ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन पुस्तक बेच्दै शनिबार सल्यान आईपुग्नुभएको छ। 

‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक उहाँको जिवनी समेटिएको पुस्तक बिक्री गर्दै उहाँ सल्यान आईपुग्नुभएको हो।

डा. महावीर पुन विगत केहि समयदेखी देशका विभिन्न ठाउँमा पुस्तक बेच्दै विभिन्न जिल्लामा यात्राकै दाैरानमा हुनुहुन्छ। 

सोही सन्दर्भमा सल्यान आउनुभएका पुनलाई सल्यानको बागचाैर नगरपालिका र स्थानीयहरुले स्वागत गरेका छन्। 
सो अवसरमा बोल्दै डा. महावीर पुनले ३० बर्षदेखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका निम्ति सहयोग जुटाउने अभियान स्वरुप पुस्तक विक्री गरिरहेको बताउनुभयो।

कारखाना सञ्चालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि आफै पुस्तक निकालेरै भएपनि कारखाना सञ्चालन गर्न लागि परेको छु उहाँले भन्नुभयो । उहाँले युवाहरुलाई यो किताबले भिन्नै खालको हाैसला प्रदान गर्ने बताउदै अनुसन्धान र आविष्कारले मात्र देशमा रोजगारीको सिर्जना गर्ने र उद्यमशीलता सँगै देशको अर्थतन्त्र बलियो हुने भएकाले यसमा आफैं लागिपरेको बताउनुभयो।

उहाँका अनुसार हालसम्म २५ हजार बढि पुस्तक बिक्री भइसकेका छन्। करिब ३ लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.  महावीर पुनलाई बागचाैरमा गरिएको स्वागत कार्यक्रममा बागचाैर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष एवम् नगर प्रबक्ता दिपेश डिसी, वडा नम्बर ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, जनकल्याण नमुना माविका प्रधानाध्यापक डा. पुर्ण भण्डारी पंकज, राष्ट्रिय आविष्कार केन्द्रका  इन्जिनियर प्रजल कोजु, शिशु जागरण माविका प्रधानाध्यापक रुपलाल भण्डारी, सोही बिद्यालयका क्षिक्षक विरेन्द्र प्रकाश डिसी, बागचाैर नगरपालिकामा कार्यरत कर्मचारीहरु, पत्रकार, बुद्धिजीवी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार १८:५५

प्रतिक्रिया दिनुहोस्