Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानमा उत्कृष्ट वाणिज्य पत्रकारिता पुरस्कारबाट बुद्धि पुन पुरस्कृत


खबर ग्यालरी


माघ २२, सल्यान ।
सल्यान उद्योग वाणिज्य संघ सल्यानले यस बर्षको उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कारबाट पत्रकार बुद्धि पुनलाई पुरस्कृत गरेको छ ।

उद्योग वाणिज्य संघ सल्यानले स्थापना गरेको यस पुरस्कारले जिल्लामा एक दशक देखी क्रियाशिल पत्रकारिता गर्दै आउनुभएका पत्रकार पुनलाइ आज श्रीनगरमा नगद सहित प्रमाणपत्रले पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव समेत रहनुभएका पत्रकार पुन रेडियो राप्ती एफ.एम. , युगबोध राष्ट्रिय दैनिक, सल्यान टुडे लगाएतका सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ ।

उद्योग वाणिज्य संघ सल्यानले जिल्लामा रहेर उद्योग, पर्यटन, कृषि, व्यापार तथा धार्मिक सांस्कृतिक क्षेत्रमा कलम चलाउदैँ आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

यस्तै सल्यान उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार आशिष केसी, कानुनी सल्लाहकार डम्बर बहादुर वली लगायतलाई पनि संघले सम्मान गरेको छ ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार २१:०२

प्रतिक्रिया दिनुहोस्