Logo

२४ बैशाख २०८१, सोमबार

श्रीनगरको आधुनिक बसपार्क निर्माणकार्य अगाडि बढ्यो : तटबन्ध निर्माणको काम सुरु


खबर ग्यालरी


माघ २७, सल्यान ।
सल्यानको शारदा नगरपालिकाले आधुनिक बसपार्क निर्माण अन्तर्गत भगवती खोलामा तटबन्ध निर्माणको काम सुरु गरेको छ ।

शनिबार शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले एक कार्यक्रमका विच तटबन्ध निर्माणको सिलान्यास गर्नुभएको हो । ८० लाख बजेटमा खोलाको किनारमा दुवै तर्फ तटबन्ध निर्माण गरिन लागेको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

बसपार्कका अन्य संरचनालाई संरक्षण गर्नका लागि सुरुमा तटबन्ध निर्माणको काम सुरु भएको र यो संगै बसपार्कमा ब्यापारीक मल, सटर, टिकट काउण्टर, अत्याधुनिक सार्वजनिक शौचालय, गेट, प्रतिक्षालय लगायतका संरचना निर्माणका लागि टेण्डर प्रक्रिया समेत अगाडी बढेको उहाँको भनाइ छ ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीका साथै वडा नम्बर १ र ८ का वडा अध्यक्षहरु प्रदिप पाण्डे, लक्ष्मण बुढाथोकी, कार्यपालिका सदस्यहरु रत्ना थापा, दिपक विश्वकर्मा, प्रहरी, पत्रकार, व्यापारी, यातायात व्यवसायी लगायत स्थानीयबासिन्दाहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार २०:११

प्रतिक्रिया दिनुहोस्