Logo

२४ बैशाख २०८१, सोमबार

स्थानीय परियोजना सल्लाहकार समितिको अभिमुखिकरण बैठक बागचाैरमा सम्पन्न


खबर ग्यालरी


फागुन ११, सल्यान ।
आईपास नेपाल र पास–नेपाल सल्यानको साझेदारिमा संचालित नेपालमा दिगो यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सवलीकरण तथा उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समितिको अभिमुखिकरण बैठक बागचाैरमा सम्पन्न भएको छ ।

स्थानीय परियोजना सल्लाहकार समितिको अभिमुखिकरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गाैतमले सबल र सक्षम नेतृत्व भए मात्र स्वास्थ्य सेवालाई सरल र सहज रुपमा अगाडि बढाउन सकिने बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदै आवश्यकताका आधारमा विभिन्न दातृ निकाय सँग बजेटको सुनिश्चितता गर्दै पलकदमि लिइरहेको समेत उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीले याैन तथा प्रजनन् स्वास्थ्य र अधिकार सेवाहरुबारे सबै जानकार हुनुपर्ने जोड दिनुभयो । असुरक्षित गर्भपतनले धेरै महिलाहरुको ज्यान गइरहेकोले सूचिकृत भएका स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित गर्भपतन गर्नुपर्ने उहाँको भनाइ छ ।

मानवीय आवस्यकता सहायता उत्तरदायी, दिगो रुपमा याैन तथा प्रजनन् स्वास्थ्य र अधिकार सेवाहरु सबै तहहरुमा स्वास्थ्य प्रणालीको क्षमता साथै नितिगत ढाँचाहरुलाई सवलीकरण गर्ने परियोजनाको मुख्य उदेश्य रहेको पास-नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले पास-नेपाल सल्यानले अहिलेसम्म ४५ बढि परियोजनामा काम गरिसकेको बताउदै यस परियोजनाले कर्णाली प्रदेशका ४ जिल्ला सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्ला गरि विभिन्न ८ वटा पालिकामा काम गरिरहेको जानकारी दिनुभयो। यस कार्यक्रमले सामुदायिक अगुवाहरुको स्व-परिचालन द्वारा महिला र किशोरीहरुको आत्मशक्ति बृद्धि तथा सशक्त नागरिक र सरकारका सबै तहको सेवा प्रदायकहरुमा याैन तथा प्रजनन् स्वास्थ्य र अधिकारको लागि जवाफदेहिता सुनिश्चित गर्दै स्वास्थ्य प्रणालीको क्षमता र नीतिगत ढाचाहरुलाई सवलिकरण गर्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।   

स्थानीय परियोजना सल्लाहकार समितिको अभिमुखिकरण बैठकमा बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गाैतम, बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, पास-नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर के.सी., बागचाैर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,बागचाैर नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, पास-नेपालमा कार्यरत कर्मचारीहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

स्थानीय परियोजना सल्लाहकार समितिको अभिमुखिकरण बैठकलाई पास–नेपाल सल्यानका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक गंगाराम बुढाथोकी र कार्यक्रम अधिकृत आदर्श अधिकारीेले सुरक्षित गर्भपतन सेवा, दिगो यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार र यसको सवलीकरणका विषयमा सहजिकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन बागचाैर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत धनु पुनले गर्नुभएको थियो ।



प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार २०:४०

प्रतिक्रिया दिनुहोस्